२८ कार्तिक २०८३, शनिबार

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे संसदमा आवाज उठ्यो, सरकारसँग जवाफ माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २४ भदौ । व्यवस्थापिका संसदको आजको बैठकमा उत्तरी छिमेकी चीनका राष्ट्रपतिको भ्रमण स्थगनबारे आवाज उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण रोकिएको भन्ने खबर आएको भन्दै के हो प्रष्ट पार्न सरकारसँग माग गरे ।

प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति नलिएको दाबी गरेको भन्दै निकै आक्रोशित रुपमा प्रस्तुत भएका उनले भने– ‘चिनियाँ राष्ट्रपति आउने तय भएको थियो । अहिले रोकिएको भन्ने खबर आएको छ । के भएको हो सरकारले सदनमा जानकारी गराउनुपर्छ ।’