२८ कार्तिक २०८३, शनिबार

सेवाग्राही हैरान बनाउने मनमैजुका नापी प्रमुख देवलाई किन हुँदैन कारबाही ?

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Harendra Prasad Devकाठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिकाको मनमैजुस्थित नापी कार्यालयको शाखाका कार्यालय प्रमुख हवेन्द्र्रप्रसाद देवले सरकारी सम्पत्तिको दुरुपयोगदेखि उच्च अधिकारीलाई प्रभावमा पारेर करोडौंको आर्थिक चलखेलसम्म गरेको आरोप लागेको छ ।

कार्यालयाका कर्मचारी र सेवाग्राहीहरूले देवविरुद्ध विभिन्न निकायमा उजुरी समेत दिइसकेका छन् । तर उनलाई कारबाही हुन सकेको छैन । उनले नापी कार्यालयका सरकारी सामानहरू आफ्नी पत्नीलाई चलाउन दिएको एक कर्मचारीले बताए ।

साउन २८ गते अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही शाखाका सर्बेक्षक कमलबहादुर खत्री र हरि तिवारीविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरि सकेको छ ।

खत्रीविरुद्ध अख्तियारले २०७३ साउन २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो भने हरि तिवारीविरुद्ध २०७२ मंसिरमा । यो मुद्दामा देव पनि मुछिएका छन् ।

अनियामिताताकै कारण बिबादित नापी अधिकृत देवले नापी कार्यालय डिल्लीबजारमा रहँदा जग्गाको नक्सा मेटेर हानी नोक्शानी पुगाएको आरोपमा विभागीय कारवाहीमा समेत भएको थियो । नापी कार्यालय मनमैजुमा दरवन्दी रहेका देव कार्यालयमा सधै दुई बजेपछि जाने गरेको कर्मचारीहरूको भनाइ छ ।

श्रीमतीको नाममा दर्ता रहेको राजदेवी कन्सल्टेन्सीबाट उनले लेनदेनको काम गर्दै आएको पीडितहरूको गुनासो छ ।

देवले कार्यालयमै कार्यरत नायब सुब्बा सरहका नापी सर्बेक्षक विजयकुमार यादवलाई हरेक कामको जिम्मा लगाउने गरेका छन् ।

यादवले नै कार्यालय प्रमुख हवेन्द्र देवको मिलेमतोमा सेवाग्राहीसंग कार्यालय प्रमुख नभएकाले काम गरी दिन्छु भन्दै अतिरिक्त रकम असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

देवले भू–उपयोग नीति तयार गर्न नापी बिभागका अधिकारीसंगको मिलेर श्रीमतीको नाममा ठेक्का पनि पाएका छन् । नौ करोडको ठेक्का पाएका देवले सो रकम भूमिसुधार मन्त्रीदेखि विभागका महानिर्देशकसम्मलाई पुगाउने गरेको आरोप छ ।

स्रोतका अनुसार उनले जिम्मेवारीअनुसारको कुनै पनि काम गरेका छैनन् । उनले सोही कामका लागि थप करोडौँ रुपियाँ पाएको पनि स्रोतको भनाइ छ ।

कार्यालय प्रमुख देवले आफ्नी श्रीमतीको कन्सल्टेन्सीलाई प्रयोग गर्न कार्यालयको बा २ व ३४०० नम्वरको स्कुटर, ल्यापटप लगायत विभिन्न उपकरणहरू दिएको स्रोतले जनाएको छ ।

निजामती ट्रेड युनियन सम्वद्ध पधादिकारी कार्यालय प्रमुख हुन नपाउने व्यवस्था भएपनि कर्मचारी मञ्चको सचिव समेत रहेका हवेन्द्र देव कार्यालय प्रमुख पदमा रही कार्यरत छन् ।