११ कार्तिक २०८३, बुधबार

निधिसँग किन डराउँछन् देउवा ?

26.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlendra-Nidhi_281256586काठमाडौं, २३ भदौ । मधेसी जनताको नाममा कांग्रेसभित्र राजनीति गर्दै आएका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भाउ ह्वात्तै बढेको छ । अहिले उनलाई कसैले चलाउन सक्दैनन् । यतिसम्मकी कांग्रेस सभापति शेरबहादुर देउवा पनि निधिसँग डराउन थालेका छन् ।

भारतीय पक्षसँग मिलेर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न ठूलो भूमिका खेलेका निधिको विदेशी शक्ति केन्द्रसँग बलियो साँठगाँठ रहेको र भविष्यमा आफूलाई नै संकट पार्न सक्ने भन्दै देउवा डराएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

निधिले आफू निकटका नेताहरूसँग ‘ओली सरकारलाई भारतसँग मिलेर मैले ढालेको हुँ’ भन्दै गृह मन्त्रालयभित्रै फुइँ हाँक्ने गरेको स्रोतको भनाइ छ ।‘नेपाल र भारतमा मैले जे भन्यो त्यही हुन्छ’, निधिको भनाइ उदृत गर्दै स्रोतले भन्यो–‘कांग्रेसको उपसभापति पनि म नै बन्छु । देउवालाई मैले मेरो पावर देखाइ सकेको छु ।’

निधिले देउवालाई उपसभापतिमा अरु कुनै नेतालाई नियुिक्त गरेमा त्यसको बदला लिने भनेर चेतावनी समेत दिइसकेको स्रँेत बताउँछ ।

कांग्रेसको महाधिवेशनमा भएको सहमति अनुसार सभापति देउवाले खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनित गर्ने तयारी थियो ।

खड्का उपसभापति बन्ने वित्तिकै कांग्रेसको नेतृत्व आफ्नो हातबाट गुम्ने खतरा देखेका निधिले देउवालाई भारतको डर त्रास देखाएर उपसभापतिमा आफूलाई मनोनीत गर्न दबाब दिएका छन् ।

देउवाले खड्कालाई पूर्व सहमति अनुसार उपसभापतिमा मनोनित गरेनन् भने त्यसको ठूलो मूल्य चुकाउनु पर्ने देखिन्छ । किनभने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका कारण समस्यामा परेका देउवालाई खड्का समूहले पनि असहयोग गर्‍यो भने त्यसको सिधै बेफाइदा हुनेछ ।

राजनीतिमा बेइमान गर्न नरुचाउने देउवा यसपटक निधिका कारण संकटमा छन् । बोलेको पुर्‍याउने देउवाले खड्कालाई न्याय गर्छन् वा निधिको गुलामी गर्छन्, त्यो कांग्रेसी नेता तथा कार्यकर्ताले छिट्टै थाहा पाउनेछन् ।

उपचारका नाममा पत्नी आरजुलाई लिएर सिङ्गापुरको भ्रमण गरेर आएका देउवा निधिका कारण हाल समस्यामा परेका छन् । अहिले निधिलाई काखी च्याप्न बाध्य देउवालाई भविष्यमा निधि घाँडो हुने पक्का छ ।

निधिले देउवालाई फकाएर फाष्ट ट्रय्राक भारतलाई दिन भित्रभित्रै सहमत गराई सकेका छन् । सार्वजनिक कार्यक्रममा समेत निधि र देउवाले भारतलाई फाष्ट ट्रयक दिनुपर्ने बताइसकेका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फाष्ट ट्रय्राक आफै बनाउने भनेर कांग्रेसीहरू र ‘निधि कम्पनी’ को मुखमा बुझो लगाइदिइ सकेका छन् । अर्कोतिर भौतिक योजनामन्त्री रमेश लेखक पनि निधिको अगाडि बोल्न सक्दैनन् ।

लेखक निरिह छन् । देउवाका विश्वास पात्र लेखक पहिला देखि नै निधिको कोपभाजनमा पर्दै आएका नेता हुन् । अहिले निधिको दबाबमा परेर फाष्ट ट्रय्राक भारतलाई दिने तयारीमा लेखक पनि रहेको स्रोतले जनाएको छ ।

राम्रो छवि बनाएका लेखक फाष्ट ट्रय्राकका कारण फस्ने हुन कि भनेर उनका शुभचिन्तकहरू चिन्तित बनेका छन् । लेखकलाई निधिसँग भारतको ‘सति’ नजान सुझाव दिने गरेका छन् ।

नौ महिने म्यादी सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिको भनाइ मानेमा लेखकले जीवनभरि कमाएको राजनीतिक प्रतिष्ठा एकै झट्कामा जाने हो कि भनेर शुभेच्छुकहरूले उनलाई सचेत गराउन खोजेका छन् ।