१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री दाहालले मन्त्री र सचिवहरूलाई तानाशाह बन्न निर्देशन दिए

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal dahal Pm Prachandकाठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनका लागि उदार तानाशाह बन्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।

उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना निर्देशक समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा दाहालले १९ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण संघीयता कार्यान्वयनमा कठोर बन्न निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

संविधान कार्यान्वयन नभए मुलुक राजनीतिक र संवैधानिक संकटमा पुग्ने खतरा रहेको औंल्याउँदै प्रधानमन्त्री दाहालले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर यस्तो निर्देशन दिएका हुन् ।