११ कार्तिक २०८३, बुधबार

यसरी अनुत्तीर्ण भए विद्युत प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mukeshraj Kafleकाठमाडौं, २२ भदौ । उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल थालेको छ ।

मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुनः मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते स्वतन्त्र प्यानल गठन गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाई हटाउन प्रस्ताव उठाएको हो ।

उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिले काफ्लेलाई अनुत्तीर्ण गरेको थियो ।

त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।