काठमाडौं, १८ भदौ । तीजको अवसरमा राजधानीमा महिलाहरु लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कागेश्वरी मनहरा नगरपालिका–११ गोठाटारस्थित सेतो माइक्रो पार्क नजिक डेरा गरी बस्ने ओखलढुङ्गा मान भञ्ज्याङकी २१ वर्षीया पुनम खत्रीको कोठामा लागूऔषध सेवन गरीरहेको अवस्थामा शुक्रबार पुनमसमेत ७ महिला र १ पुरुष गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साथै उक्त कोठाबाट प्रयोग गरी सकेको १३ वटा सिरन्ज, सिरिन्जमा प्रयोग हुने एम्पल, फेनारगन, डाइजोपाम गरी ३० थान लागूऔषध समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया