१९ कार्तिक २०८३, बिहिबार

चिनियाँ जहाज खरिदसम्बन्धी सर्वोच्चको अन्तरिम आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

supreme-court

काठमाडौँ, १४ भदौ । चिनियाँ जहाज खरिद सम्बन्धमा राष्ट्रिय सूचना आयोगको आदेश कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिनियाँ खरिद सम्बन्धमा कागजात गोप्य रहनेहुँदा त्यस्ता कागजात दिन नमिल्ने भएकाले सो आदेश कार्यान्वयन नगराउन आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

चिनियाँ जहाज खरिद सम्बन्धमा भएका सम्झौताको सूचना माग गर्दै राजु ढकालले राष्ट्रिय सूचना आयोगमा सूचना पाउँ भनी निवेदन दिनुभएको थियो । आयोगले सूचना दिनु भनी आदेश जारी गरेको थियो ।

आयोगको आदेशविरुद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव प्रेमकुमार राईसहित पाँच जनाले आयोगको सूचना माग्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा गत साउन ३१ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले गोप्य राख्नुपर्ने सूचना भएको हुँदा गोप्य नै रहने र त्यस्ता कागजात प्रतिलिपि दिन नपर्ने आदेश जारी गरेको हो ।

सन् २०११ मा चिनियाँ जहाज ल्याउने सम्झौता भएको थियो । सम्झौतामा दुई देशबीचको सम्झौता सार्वजनिक गर्न नमिल्ने भन्ने बुँदा रहेको उल्लेख भएको मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो । रासस