१९ कार्तिक २०८३, बिहिबार

गुण्डा नाइके दीपक मनाङ्गेलाई थुनामा राख्न आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दीपक मनाङगे
दीपक मनाङगे

काठमाडौँ, १४ भदौ । काठमाडौँ जिल्ला अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आज व्यक्ति बन्धक तथा अपरहण मुद्दामा मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो ।

मनाङ्गेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । दुई महिना अगाडि व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो । रासस