१९ कार्तिक २०८३, बिहिबार

शून्य समय: सांसदद्वारा सरकारको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad

काठमाडौँ, १४ भदौ । व्यवस्थापिका–संसद्मा आज शून्य समयमा विभिन्न पार्टीका सांसद्ले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले बाढीपहिरो पीडितले राहत पाउन बाँकी रहेको समयमा सुख्खा खडेरीले किसान मर्कामा पर्न थालेको, कालोबजारी नियन्त्रण नभएको, चट्याङ् जस्ता विपद्बाट मानिसको मृत्यु भएको विषयमा ध्यानकर्षण गराउनुभएको हो ।

शून्य समयमा सांसद बलराम अधिकारी, भरतबहादुर खड्का, ममता गिरी, भरत साउद, भुटनीदेवी खवास, यज्ञराज सुनुवारले धारणा राख्नुभएको थियो । रासस