काठमाडौं, १४ भदौ । करिब दशकपछि नेपाल विद्यार्थी संघले पाएको नयाँ नेतृत्वको प्रभाव स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि देखिन थालेको छ ।
पार्टी एकीकरणपछि २०५७ सालयता ११ औं महाधिवेशनले चुनेको नैनसिंह महर नेतृत्वको महाधिवेशन नै एकताको महाधिवेशनका रुपमा सम्पन्न भएको छ । लोकतान्त्रिक पार्टीको भाृत संगठनमा भदै पहिलो साता सम्पन्न भएको स्वच्छ प्रतिस्पर्धाबाट आएको नयाँ नेतृत्वको प्रभाव देशका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनमा पनि देखिन थालेको छ ।
हालै सम्पन्न लुम्बिनी इन्जिनियरिङ क्याम्पस र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नेतृत्व नेविसंघले हात पारेको छ । झण्डै दशकपछि भएका स्ववियु निर्वाचनमा लोकतान्त्रिक प्रक्रियादेखि टाढा रहेको नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठन समेत सहभागी भएको छ । वर्तमान नेविसंघको नेतृत्वको स्पष्ट शैक्षिक ऐजेन्डा, निर्वाचनको धरातलबाट नेतृत्वमा पुगेको नैतिक बल, आम विद्यार्थीको पक्षका विगतदेखि नै ठोस ऐजेन्डा उठाउँदै आएकाले पनि सम्पूर्ण पार्टीका विद्यार्थी भातृ संगठनहरु उत्साहित रुपमा स्वावियु निर्वाचनमा सहभागी भएको देखिन्छ ।
नेपाल विद्यार्थी संघले देशभरका विश्वविद्यालय र क्याप्सहरुमा आफ्नो प्रभुत्व कायम राख्न आन्तरिक गृहकार्यलाई गहन पारेको बुझिएको छ । नेविसंघको नेतृत्वमा पुगेका महरले विगतदेखि नै शैक्षिक मुद्दा, दुव्र्यसनरहित शैक्षिक संस्था, हरेक प्रान्तीय प्रदेशमा विश्वविद्यालय, इन्जिनियरिङ कलेल, कृषि क्याम्पसको मुद्दा उठाउँदै आएका छन् । उनले उठाएको शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने, सेमेस्टर प्रणाली, खुला विश्वविद्यालय लगायतका माग सरकारबाट सम्बोधन भइसकेका छन् ।
महरले दुई वर्ष भित्रमा नेतृत्व परिवर्तन, स्पस्ट शैक्षिक ऐजेन्डा, शैक्षिक संस्थामा आवश्यक प्रविधि र उपकारको व्यवस्था, दुव्र्यशनरहित शैक्षिक संस्था लगायत विभिन्न विभागका विषयमा बुधबार पत्रकार सम्मेलन गरेर नेविसंघको आगामी रोडम्याप सार्वजनिक गर्ने बुझिएको छ ।













प्रतिक्रिया