काठमाडौं, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तिहारमा टिका लगाउने दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
ओली उपचारका लागि थाइल्याण्डमा रहँदा फोक्सोको क्यान्सरबाट पीडित दिदी विष्णुमायाको सोमबार निधन भएको हो । सोमबार राति नै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छोरा बालकृष्ण शिवाकोटीले जानकारी दिए ।
विष्णुमायाका ३ छोरा ५ छोरी छन् । जेठा बालकृष्ण लगानी बोर्डका सदस्य हुन् । यस्तै, माइला छोरा रमेश पशुपति विकास कोषका सदस्य छन् । अर्का छोरा उमेश पनि व्यवसायमा संलग्न छन् ।
पूर्व प्रधानमन्त्री ओलीले बिष्णुमायालाई विगत लामो समयदेखि दिदी बनाएर टिका लगाउँदै आएका थिए । गतवर्ष मात्रै ओली प्रधानमन्त्री हुँदा विष्णुमायाले प्रधानमन्त्री निवास बालुवाटार पुगेरै ओलीलाई टिका लगाइदिएकी थिइन् ।
ओलीले आफ्नो दिदीले अन्तिम सास लिदा भने साथमा रहन पाएनन् । दिदीलाई अत्यन्तै माया गर्ने केपी ओलीले उनका सन्तानहरुलाई भाञ्जा भाञ्जीको रुपमा असाध्यै प्रेम गर्छन ।














प्रतिक्रिया