-प्रकाश न्यौपाने
भैरहवा, १४ भदौ । रुपन्देहीको पड्सरीमा मंगलबार बिहान अन्दाजी ३४÷३५ वर्षकी एक महिलाको शव फेला परेको छ ।
बेवारिसे रुपमा पड्सरीस्थित प्रतिक्षालयमा फेला परेको शवलाई हत्या वा आफै मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक महिला जमुना कुँवर आफ्नै निवास हाटीबनगाई–४, बाट सोमबार बिहान मनिङ्वाकका लागि निस्किएको र साँझसम्म पनि घर नफर्किए पछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
मृतक कुँवर मानसिक रुपमा अस्वस्थ रहेको परिवारले जानकारी दिएको रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए ।
कुँवरको शवलाई पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।












प्रतिक्रिया