३१ आश्विन २०८३, शनिबार

मधेस पस्यो एमालेको उच्चस्तरीय टोली! मधेसवादी दलको भण्डाफोर गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-meeting

काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेसका जनतासँग संवाद गर्न तराई जाने तयारी गरेको छ ।

अधिकारका लागि मधेसवादी दलले सरकारलाई संविधान संशोधन गर्न दबाब दिइरहेका बेला स्थायी कमिटी बैठक सकेर एमालेको उच्चस्तरीय टोली मधेसका लागि संविधान संशोधन होइन सम्बृद्धि र आर्थिक विकासको प्याकेज आवश्यक रहेको निष्कर्षका साथ तराई झर्न लागेको हो ।

मधेसका जनता र मधेसी मोर्चाको माग एउटै नभएको भन्दै प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले मधेसका जनताको पक्षमा एमाले नेतृत्वको सरकारले ल्याएका कार्यक्रमबारे बुझाउन मधेस जान लागेको बताए ।

उनका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारले तराई मधेसको विकासका लागि अघि सारेका कार्यक्रम र त्यसका लागि विनियोजित बजेट कार्यान्वयनका लागि जनस्तरबाट दबाव दिइने छ । ‘मधेसमा राजनीति होइन् विकास चाँहिएको छ । विकास भएपछि मात्रै जनताले अधिकार पाउँछन्,’ उनले भने ।

सम्वादका क्रममा मधेसका जनतामा रहेको अधिकारको भ्रमलाई चिर्ने र भ्रम फैलाउने मधेसवादी दलको भण्डाफोर गर्ने संयोजक मण्डलको भनाई छ । जनतासँग सम्वाद कार्यक्रममा एमालेका उच्चस्तरीय नेता सहभागी हुने र निरन्तर चलिरहने उनले बताए ।