११ कार्तिक २०८३, बुधबार

माओवादीका यी हुन् नयाँ पाँच मन्त्री, जसले शपथ लिनेछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_1काठमाडौं, ३० साउन । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहानैदेखि मन्त्रीपरिषद् विस्तारका लागि आन्तरिक तयारी थालेको माओवादीका नेता हरिबोल गजुरेलले बताए ।

कांग्रेसले मन्त्रीको नाम पठाउन ढिलाई गरे पनि माओवादीबाट ढिलाई नहुने गजुरलले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘प्रधानमन्त्रीले पार्टीभित्र आन्तरिक छलफल गर्नुभएको छ, कांग्रेसलाई पनि मन्त्रीको नामावाली दिन आग्रह गर्नुभएको छ, अब उहाँहरुको तर्फबाट नआए पनि पछि विस्तार गर्ने गरी असिहले माओवादीका तर्फबाट विस्तार हुनेछ’, गजुरेलले भने ।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग शुक्रबार साँझ भेटेर सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम पठाइदिन आग्रह गरेका थिए ।

माओवादी केन्द्रमा मन्त्रीको नाम लगभग टुंगो लागेको छ । मन्त्रीको सूचीमा परेका प्रभु साहले स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् ।

मधेसीलाई समेत विश्वासमा लिएर स्थानीय निकायको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले आफूलाई स्थानीय मन्त्रालय दिँदा सहज हुने धारणा राखेको स्रोत बताउँछ ।

माओवादीमा शिक्षा मन्त्रालय कांग्रेसलाई दिएमा मन्त्रीको सूचीमा परेका डिआर पौडेललाई कानुन र साहलाई स्वास्थ्यमा पठाउनेबारे छलफल छ ।

माओवादीमा जनार्दन शर्मा प्रभाकरलाई ऊर्जा, हितराज पाण्डेलाई स्थानीय विकास र राम कार्कीलाई संचारमन्त्री बनाउने लगभग तय भएको छ ।

माओवादीका महिला नेतृहरुले पार्टीको भागमा परेका बाँकी मन्त्रालयमा कम्तीमा एकजना महिलालाई मन्त्री बनाउन दबाब दिन थालेका छन् ।