११ कार्तिक २०८३, बुधबार

अब यी दुई पार्टीले पनि मन्त्री पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandकाठमाडौं, ३० साउन । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन् ।

साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन् ।

तर, साना दलका तर्फबाट कुन–कुन दललाई सरकारमा लिने भन्नेमा कांग्रेस–माओवादी सहमतिमा पुगिसकेका छैनन् ।

जसले गर्दा अब विस्तार हुने मन्त्रिपरिषदमा साना दलका मन्त्रीहरु नपर्ने बालुवाटार स्रोतले बतायो ।