११ कार्तिक २०८३, बुधबार

ग्यासका ६५ हजार सिलिन्डर गुणस्तरहीन, जति बेला पनि दुर्घटना हुन सक्ने

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blasted-Gas-Cylinderकाठमाडौं, ३० साउन । खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो ।

‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो’, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने, ‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

२०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ ।

तीमध्ये दुई चार ग्यास उद्योग बाहेकले गाुणस्तरमा ध्यान नदिएको उनले बताए ।

सिलिन्डरभित्र लेदो जमेको, हाइड्रोलिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ लगायतका कैफियत देखिएका हुन् ।

कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको भनाइ छ ।

गुणस्तरहीन रेगुलेटर पाइप र समयमै हाइड्रोलिङ टेस्ट नुहँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने जस्ता घटना हुँदै आएका छन् ।