११ कार्तिक २०८३, बुधबार

विद्यार्थीसँग यसरी असुल गरिन्छ चर्को शुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Edu Ministar Nepalकाठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ ।

आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ ।

यो रकम एउटा कार्यक्रमको मात्रै हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एमबीबीएसमा आवेदन गर्ने विद्यार्थी बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ ।

आईओएमका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष ०७३/७४ का लागि एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीपीएच, बीएनएस कार्यक्रमको प्रवेश परीक्षाको फाराम गत बिहीबारदेखि अनलाइनमार्फत भर्ने गरी खुल्ला गरिएको छ ।

फाराम भर्ने म्याद भदौ १८ सम्म छ । शिक्षा मन्त्रालयले एक वर्ष अघिसम्म छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न एक हजार रुपैयाँ मात्रै लिने गरेको थियो ।