११ कार्तिक २०८३, बुधबार

सबै सरकारी सेवामा जागिर खान लोकसेवा पास गर्नै पर्ने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lok Sewa Aayog Nepalकाठमाडौं, ३० साउन । संविधानले थप गरेको क्षेत्राधिकार बमोजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ ।

नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

थपिएको भूमिकाअनुसार कानुन व्यवस्था गर्न सरकारले आयोगको मौजुदा ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गरेको हो। संवैधानिक प्रबन्ध र प्रस्तावित विधेयकको व्यवस्थाअनुसार शिक्षक सेवा आयोग र विश्वविद्यालय सेवा आयोगबाहेकका अन्य निकायको लिखित परीक्षा अब लोक सेवा आयोगले लिनेछ ।

यसअघि निजामती सेवाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको प्रमुख जिम्मेवारी आयोगलाई थियो ।

अन्य सरकारी स्वामित्वमा रहेका स्वायत्त संस्थाहरुले आयोगको प्रतिनिधि राखेर परीक्षा सञ्चालन गर्ने गरेका थिए ।