११ कार्तिक २०८३, बुधबार

चीनले मुस्ताङको कोरला नाका केही दिनका लागि खोल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korala-file-काठमाडौं, २९ साउन । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।

वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन ।’

उनका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो ।

मुस्ताङको लोमाथाङ गाविसका सचिव ज्ञानेन्द्र विष्टका अनुसार चिनियाँहरुले खबर गरेर यताका स्थानीयलाई किनमेलका लागि डाकेका छन् ।

हिउँदयाममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै खोलिएको गाविस सचिव विष्टले जानकारी दिए ।