११ कार्तिक २०८३, बुधबार

किन चिन्तित बन्दै छन् प्रधानमन्त्री दाहाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Centerकाठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम देखिने गरी रफ्तारमा काम गर्न चाहिरहेको घोषणा गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताए जस्तै दाहालले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने उद्घोष पदवहालीकै क्षणमा गरे । राजधानी दैनिकले समाचार छापेको छ ।

तर, उनले अझै मन्त्रिपरिषदलाई पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन । १९ साउनमा प्रधानमन्त्री निर्वाचित भई २० साउनबाट काम थालेका दाहालले मन्त्रीको अभावमा आफूले चाहेको गतिमा काम गर्न सकेका छैनन् ।

दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन दुई उपप्रधानसहित ६ सदस्यीय मन्त्रिमण्डढल गठन गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले गत मंगलबार थप तीन विनाविभागीय मन्त्री थपेका छन् । उनीहरु बिहीबार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्न खोजे पनि उनले प्रमुख सत्तासाझेदार दल कांग्रेसबाट मात्र होइन, आफ्नै पार्टी माओवादी केन्द्रबाट पनि सरकारमा सहभागी हुने व्यक्तिको टुंगो लगाउन सकेका छैनन् ।

दुवै पार्टीमा आकांशक्षी धैरै हुँदा मन्त्रीको टुंगो लाग्न नसकेको हो ।