११ कार्तिक २०८३, बुधबार

भावी आइजीपीको तौल नाप्दै अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UpendraKanta_Aryalकाठमाडौं, २७ साउन । कांग्रेस नेता विमलेन्द्र निधी गृहमन्त्री बनेपछि उत्साहित बनेका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले भावी आइजीपीका दावेदार रहेका डिआइजीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेका छन् ।

स्रोतका अनुसार आइजीपी अर्याललाई गृहमन्त्री निधीले प्रहरीमा कुनै हस्तक्षेप नगर्ने तर गल्ति भेटेमा चुप लागेर नबस्ने बताएपछि अर्यालले प्रहरीका महत्वपूर्ण यूनिटहरुमा छड्के र निगरानी गर्न थालेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

केही दिनअगाडि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को निरीक्षण गरेका अर्यालले मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको छड्के गरेका थिए । अब अर्यालले विशेष ब्युरोको अनुगमन गर्न बाँकी छ ।

२०७३ साल फागनु २ गते अबकाश पाउन लागेका आइजीपी अर्यालले एनसीबी, सिआईवी, ट्राफिक महाशाखाको अनुगमन गरेर संगठनलाई थप व्यवसायिक र मर्यादित बनाउन खोजेपनि प्रहरीमा भने भावि आइजीपीका दाबेदारको तौल नाप्नका लागि आइजीपीले छड्के गरेर उक्त रणनीति अपनाएको विश्लेषण हुन थालेको छ ।

हाल सिआईवीमा नवराज सिलवाल, एनसीवीमा जयबहादुर चन्द, ट्राफिकमा प्रकाश अर्याल र विशेष ब्यूरोमा बमबहादुर भण्डारी प्रमुख छन् । आ–आफ्नो क्षेत्रमा मरिमेटेर काम गरिरहेका यि डिआईजीहरुबीच यतिखेर कडा प्रतिष्पर्धा चलिरहेको छ ।

आइजीपी अर्यालसँगै अहिलेका एआइजीहरु पनि घर जाने भएपछि डिआईजीहरुमध्येबाटै सिधै आईजीपी बन्ने हुँदा उनीहरुबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।

प्रहरीमा यो पटक सिनियर भन्दा पनि कार्य क्षमता, कम दाग लागेका, स्वच्छ र व्यवसायिक मर्यादा जोगाउन सक्ने प्रहरी अधिकारीलाई नेतृत्व दिनुपर्ने पक्ष्ँमा गृहमन्त्री उभिएका कारण आइजीपी अर्याल छड्केका नाममा उपयुक्त पात्रको खोजीमा जुटेको बताइन्छ ।