२६ कार्तिक २०८३, बिहिबार

कमल थापा भन्छन्- हामीले निष्ठाको राजनीति रोज्यौं, प्रचण्डको सरकारमा जाँदैनौं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa

काठमाडौं, १९ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो निष्ठाको राजनीतिक रोजेको बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गराएका अध्यक्ष थापाले बुधबार विहान सञ्चारकर्मीसँग भने– ‘हामीसंग दुई विकल्प थियो । पहिलो आदर्श, नैतिकता, निष्ठा र दोस्रो सत्ता । हामीले पहिलो रोज्यौं । यसमा गर्व गर्दै अगाडि बढ्छौं ।’

उनले कार्यकर्तालाई यो निर्णयमा गर्व गर्दै अगाडि बढ्न आह्वान समेत गरे ।

उनले अगाडि भने– ‘अहिले हामी सरकारमा जाँदैनौं । प्रतिपक्षको भुमिकामा बसेर सरकारको राम्रो काममा साथ दिन्छौं । नराम्रा कामको विरोध गर्छाै । आफ्नो एजेण्डालाई स्थापित गर्छाै ।’