काठमाडौं, १९ साउन । नेकपा एमालेको सत्ता साझेदार दल राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा आज विहान बसेको राप्रपा नेपाल कार्यसम्पादन समिति बैठकले अहिले ११ बजे व्यवस्थापिका संसदमा हुन लागेको प्रधानमन्त्री निर्बाचनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्ने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यसअघि नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गर्दै प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो भने सत्ता साझेदार दललाई विपक्षमा मतदान गर्न आह्वान गरेको थियो ।
एमाले नेतृत्वको सरकारमा राप्रपा नेपालले उपप्रधानसहित परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हालेको थियो ।












प्रतिक्रिया