२६ कार्तिक २०८३, बिहिबार

यस्तो छ कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति (पत्रसहित)

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १८ साउन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको काँग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।

तीन पक्षका बीचमा भएको सहमति केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

sahamati-patra