काठमाडौं, १८ साउन । प्रधानमन्त्री निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राप्रपा नेपालको बैठक ठोस निर्णय विनै सक्किएको छ ।
सिंहदरबारमा आज बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकमा प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई समर्थन गर्ने वा नगर्ने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको हो । बैठकपछि जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री निर्वाचनमा अन्तिम निर्णय गर्ने जिम्मेवारी कार्यसम्पादन समिति र संसदीय दललाई दिइएको छ ।
‘राप्रपा नेपाल र राप्रपा वीचको एकता प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा प्रधानमन्त्रीको निर्वाचनमा दुवै पार्टीको एउटै धारणा आउनु उपयुक्त हुने भएकोले राप्रपा नेपाल र राप्रपा वीचको एकता सुनिश्चित गर्न अन्तिम प्रयास गर्ने र प्रधानमन्त्रीको निर्वाचन सम्बन्धमा टुङ्गो लगाउन पुनः बैठक बस्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री निर्वाचनमा के गर्ने भनेर निर्णय गर्न राप्रपा नेपालको बैठक बुधबार बिहान नौँ बजे पुनः बस्नेछ ।












प्रतिक्रिया