
काठमाडौं, १८ साउन । वर्तमान मन्त्रिपरिषदको अन्तिम बैठक आज बस्दैछ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषदको अन्तिम बैठक बस्न लागेको हो ।
व्यवस्थापिका संसदले भोली नयाँ प्रधानमन्त्री चयन गर्ने भएकाले कामचलाउका रुपमा रहेको मन्त्रिपरिषदको विदाई बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा सरकारको कार्यकाल र कामहरुबारे समीक्षा हुने बताइएको छ ।











प्रतिक्रिया