२६ कार्तिक २०८३, बिहिबार

एमालेले प्रधानमन्त्रीमा किन दिएन उम्मेदवारी ?

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml

काठमाडौं, १८ साउन । नेकपा एमालेले प्रधानमन्त्रीको निर्वाचनमा आफ्ना तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीमा उम्मेदवारी नदिने भएपनि एमालेले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा मतदान गरी जिम्मेवार प्रतिपक्षमा बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकपछि पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले राष्ट्रिय सहमतिका लागि आवाज उठाउँदै आएका सन्दर्भमा जिम्मेवार राजनीतिक संस्कार र वातावरणका लागि सो निर्णय गरेको बताए ।

एमालेका अर्का सचिव गोकर्ण विष्टले संविधान कार्यान्वयनमा पार्टीले रचनात्मक भूमिका खेल्नुपर्ने भएकाले त्यसका लागि सहज होस भनेर उम्मेदवारी नदिने निष्कर्षमा पार्टी पुगेको बताए । उनले भने- ‘संविधान कार्यान्वयनमा समन्वयका लागि भोलि संसद भित्र र बाहिरका दलहरुसँग सजिलो होस भनेर उम्मेदवारी नदिइकन विपक्षमा बस्ने निर्णय लिएका हौं ।’

यसअघि एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्रीमा अघि सार्ने चर्चा थियो ।

स्रोतका अनुसार बैठकमा वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र नेम्वाङमध्ये कसलाई उम्मेदवार बनाउने विषयमा नेताहरुको फरक मत देखिएपछि उम्मेदवार नपठाएर आगामी दिनमा सहमति र समझदारीको बाटो खुल्ला राख्ने निर्णय भएको हो ।

संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक मात्र उम्मेदवार भए पनि मत विभाजनबाट निर्णय हुनेछ । एमालेले हालसम्म आफ्नो गठबन्धनमा रहेका दललाई पनि प्रचण्डको विरोधमा मतदान गर्न आग्रह गरेको छ ।