२६ कार्तिक २०८३, बिहिबार

प्रमुख तीन दलका नेताहरूको बैठक बस्दै, आजै सहमति पत्रमा हस्ताक्षर हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-mao-madesi-morcha-meetingकाठमाडौं, १८ साउन । माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने भएका छन् ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिले केही समयपछि बस्ने शीर्ष बैठकमा कार्यदलले तयारी पारेको प्रस्तावमाथि छलफल हुनेछ । कार्यदलले तत्काल पूरा गर्ने र पछि पूरा गर्ने गरी दुई थरि प्रस्ताव तयार पारेको बुझिएको छ ।

शहीद घोषणा, घाइतेको उपचार, मृत्तकका परिवारलाई क्षतिपूर्ति, मुद्दा फिर्तालगायतका मागमा आजै सहमति हुने बुझिएको छ ।

सीमाङ्कन, नागरिकतालगायतका विषयमा भने कुरा मिल्न नसकेको एक नेताले बताए ।

ती विषयहरू राजनीतिक भएकाले पछि मिलाउने गरी प्रतिवद्धता पत्रमा हस्ताक्षर हुन सक्ने जनाइएको छ ।