२६ कार्तिक २०८३, बिहिबार

‘प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गर्छौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raj-kishor-Yadav-1काठमाडौं, १७ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै मधेसी मोर्चाले मतदान गर्ने बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर प्रचण्डलाई मतदान गर्ने बताउनुभयो ।

‘जहिलेसम्म प्रतिवद्धतापत्रमा हस्ताक्षर हुँदैन तबसम्म सरकारमा सहभागी हुँदैन’, उहाँले भन्नुभयो, ‘तर सरकारात्मक रुपमा कुरा अगाडि बढेको छ । अहिले नै सरकारमा सहभागी हुँदैनौँ । बाहिर बसेर प्रचण्डलाई सहयोग गर्ने हो ।’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सरकारमा जानबाट मधेसी मोर्चाले रोक्ने प्रयास नगरेको बताउनुभयो ।

‘मधेसी मोर्चाले कसैलाई सरकारमा जानबाट अबरोध गर्दैन’, अध्यक्ष यादवले भन्नुभयो, ‘यस विषयमा मधेसी मोर्चाले आधिकारिक निर्णय पनि गरेको छैन । हामीले कसैलाई रोक्न खोजेका छैनौँ । मधेसी मोर्चालाई बदनाम गर्न यस्तो आरोप लगाइएको हो ।’