२६ कार्तिक २०८३, बिहिबार

सरकार निर्माणमा सहयोग गर्न कमल थापालाई प्रचण्डको आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Kamal-thapaकाठमाडौं, १६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापासँग आइतबार भेट गर्दै प्रचण्डले नयाँ सरकार बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रचण्डको आग्रहपछि थापाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा विस्तृत छलफल भएको थियो ।