२६ कार्तिक २०८३, बिहिबार

क्षेत्रपाटीमा युवतीको विषयलाई लिएर ग्याङ फाइट, एक युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १६ साउन । राजधानीको क्षेत्रपाटीमा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार युवतीको विषयलाई लिएर भएको ग्याङफाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको हो ।

युवतीको विषयमा विवाद हुँदा झडप भएको थियो । झडपमा परी श्रेष्ठ घाइते भएका थिए । उनको उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा आइतबार दिउँसो २ बजे मृत्यु भएको वृतका डीएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्रउ गरेको छ भने अन्य ८ जना फरार रहेका छन् । उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।