२६ कार्तिक २०८३, बिहिबार

महतले धोका दिएपछि महावीर पुनको घोषणा- अब जग्गा दान गर्छु

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahabir-pun (1)

काठमाडौं, १६ साउन । सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर रोमन म्यागासेसे जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि जग्गा दान गर्ने घोषणा गरेका छन् ।

पूर्व अर्थमन्त्री रामशरण महतदेखि अहिलेका अर्थमन्त्री विष्णु पौडेलसम्मले राष्ट्रिय आविष्कार केन्द्र निर्माणका बजेट छुट्याउन आग्रह गर्दा हुन्छ मात्रै भनेर ढाँटेकोमा आक्रोश पोख्दै आएका पुनले सरकारबाट कुनै सहयोग नपाएपछि आफ्नै जग्गालाई दान गरेका हुन् ।

‘यो घोषणा नयाँ होइन । यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यूसहित उहाँहरुको अर्थ सचिबहरु, सह सचिबहरु अनी दुई प्रधानमन्त्रीहरु र उहाँहरुका सल्लाहकारहरुलाई बिगतका दिनहरुमा बारम्बार भनिसकेको कुरा हो । मैले उहाँहरु सबैलाई यदि ‘सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब रु. ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु’ भनेर भनेकै हो । यसो भन्दा उहाँहरुले ‘जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेको हो,’ आक्रोश पोख्दै उनले लेखेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यका साथ जनताबाटै रु ५० करोड सहयोग जुटाउने अभियानमा रहेका पुनले सहयोग गर्न सबै नेपालीलाई आह्वान गरेका छन् ।

मेरो नाममा भएको जग्गा राष्ट्रिय आविष्कार केन्द्र लाई दान गर्ने घोषणा:

mahabir-punयो घोषणा नयाँ होइन. यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित उहाँहरुको अर्थ सचिबहरु, सह सचिब हरु अनी दुई प्रधान मन्त्रीहरु र उहाँहरुका सल्लाहकार हरुलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो. मैले उहाँहरु सबै लाई यदि “सरकारले राष्ट्रिय अविष्कार केन्द्र लाइ सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब रु. ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु” भनेर भने कै हो. यसो भन्दा उहाँहरुले “जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ” भनेको हो.

त्यो २८ रोपनी जग्गाको बारेमा थोरै कुरा प्रष्ट पार्न चाहन्छु. त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ. त्यो जग्गा हाल Maryland USA मा बस्ने बन्बरे, पर्बतको पदम पुन भाई र मैले २० बर्ष अगाडी किनेको हो. त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायहरु लाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं. त्यति बेला त्यो जग्गा पदम भाईको नाममा किनेको थियौं. तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केहि महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ. सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य रु. ३ करोड पर्छ. सो जग्गाको लालपुर्जी यहाँ संलग्न गरेको छु.

अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गै सकेको अवस्थामा र मैले नेपालको बिकासको लागी अब मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छू भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्र लाई दान गर्ने कुरा घोषणा गर्दछु. पैसाको अति नै आबश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानको लागी केहि भौतिक संरचना बनाइनेछ.

तपाईंहरु संग पनि त्यस्तो कुनै जागा छ भने दान गर्न सक्नु हुनेछ. त्यो दान पनि अहिले सुरु गरिएको महादान अभियान कै अंग हुनेछ. तपाईहरुले पनि विचार गर्नु होस् रhttp://www.nicnepal.org मा गएर हेर्नु होस् . कुरा नबुझेमा सम्पर्क गर्नु होस्. Mobile नम्बर 9841592361.