१९ कार्तिक २०८३, बिहिबार

महासंघका सचिव प्रेस सेन्टरमा प्रवेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhojraj Raiगाईघाट, ११ साउन । नेपाल पत्रकार महासंघ शाखा उदयपुरका सचिव भोटराज राई प्रेस सेन्टरमा आवद्ध भएका छन् ।

आइतबार एक कार्यक्रमकाबीच राई प्रेस सेन्टरमा आवद्ध भएका हुन् । लामो समयदेखि पत्रकारितामा आवद्ध राईले आफ्नो पेशामार्फत समाजमा अझ फराकिलो सेवा पुगाउने उद्देश्यका साथ आवद्ध भएको बताए ।

प्रेस सेन्टरले पत्रकारिताको क्षेत्रमा गर्दै आएको फराकिलो भूमिका, योगदान र संगठनले आत्मसाथ गरेको विचारलाई समर्थन गर्दै आवद्धता जनाएको राईको भनाइ छ ।

किरात राई पत्रकार संघको केन्द्रीय उपाध्यक्षसमेत रहेका राई गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजनका जिल्ला सम्बाददाता तथा पूर्णपुष्टि साप्ताहिकका कार्यकारी सम्पादक हुन् । राईसंगै पत्रकार विक्रम राई पनि प्रेस सेन्टरमा आवद्ध भएका छन् ।