१९ कार्तिक २०८३, बिहिबार

युवा संघ बाढीपहिरो पीडितको उद्धारमा, दलहरु सत्ताको खेलमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १० साउन । युवा संघ नेपाल अविरल वर्षाले तराईमा आएको बाढी पहिरोबाट विस्थापित मधेसी जनताको उद्धार तथा राहतमा खटिएको छ ।

तराईको अधिकारका लागि संघर्ष गरिरहेको भन्ने मधेसकेन्द्रीत राजनीतिक दलहरु सत्ताको फोहोरी खेलमा व्यस्त हुँदै गर्दा बाढी र पहिरोबाट पीडित जनतालाई उद्धार गर्न संघले आफ्ना मातहतका कमिटी परिचालन गरेको हो ।

युवा संघका अध्यक्ष राजीब पहारीले सोमबार एक वक्तब्य प्रकाशित गर्दै तराई लगायत विभिन्न ठाउँमा बाढी र पहिरोले पारेको प्रभावले पीडित जनताको दुःखमा केही राहत महसुस गराउन आफ्ना कार्यकर्तालाई स्वयंसेवी भएर तत्काल खटिन अपिल गर्नु भएको छ ।

त्यस्तै उहाँले सत्ताको राप तापमा जनताको दुःखलाई तिलान्जली दिने कथित मधेसवादी र अन्य राजनैतिक दलले जनताप्रति को उत्तदायित्व भुलेको आरोप लगाउनुभएको छ ।

विज्ञप्तिमा युवा संघले यस विसम परिस्थितीमा ठूलो संख्यामा आफ्ना कार्यकर्ता परिचालन गरेको जनाएको छ ।

यस्तो छ विज्ञप्तिः

youth-force