काठमाडौँ, १० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनमा केही दिनदेखि परेको अविरल वर्षाका कारण उत्तर तथा मध्यचीनमा आएको भीषण बाढीबाट १५० भन्दा बढीको मृत्यु, सयौँ मानिस बेपत्ता र अर्बौँको भौतिक सम्पत्तिको क्षति भएको घटनाले आफूलाई दुःखित बनाएको बताउनुभएको छ ।
नेता देउवाले आज विज्ञप्ति जारी गरी सो प्राकृतिक विपत्मबाट प्रभावितको उद्धार र राहत वितरणमा चिनियाँ सरकारले गरेको प्रयास सह्रानीय भएको उल्लेख गर्नुभएको छ ।
“मित्रराष्ट्र चीनले बेहोर्नुपरेको यो अकल्पनीय दुःखद् घटनाप्रति व्यक्तिगत र पार्टीको तर्फबाट चिनियाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गर्दछु” सभापति देउवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेता देउवाले निधन भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै चिनियाँ सरकारमार्फत सम्पूर्ण शोकाकूल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । रासस













प्रतिक्रिया