१९ कार्तिक २०८३, बिहिबार

आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता ०७३ को निर्णायक चरण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Photo Contest Judging86

काठमाडौं, १० साउन । फोटो पत्रकार क्लव नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७३ को काठमाडौंमा निर्णायक चरण सुरु भएको छ । प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ ।

दुई चरणसम्म चल्ने निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ६० फोटो छानिनेछन् । छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिनेछ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरिनेछ ।

देशभरबाट यसपालीको प्रतियोगितालाई ८ सय ११ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार ६ सय ७० फोटो पठाएका थिए । विजेताको घोषणा साउन १४ गते राष्टिय नाचघर जमल काठमाडौंमा १२ः३० बजे एक कार्यक्रमका बीच गरिनेछ । घोषणापछि दक्षिण एसियाकै वरिष्ठ भारतीय फोटोपत्रकार तथा गतवर्षको वल्र्डं प्रेस फोटोका निर्णायक मण्डल सदस्य प्रशान्त पन्जियारसग अन्तरक्रिया रहेको क्लबका सचिब तथा कार्यक्रम संयोजक केशबराज थोकरले जानकारी गराउनुभयो ।

गतवर्षको वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य भारतका वरिष्ठ फोटोपत्रकार प्रशान्त पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्धय नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा छन् भने पहिलो चरणमा विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, आइएफजे दक्षिण एसियाका संयोजक उज्जवल आचार्य र वरिष्ठ फोटोपत्रकार देवेन्द्रमान सिंहले पहिलो चरणमा सहभागी भएका थिए ।

निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् । काठमाडौंमा यही भाद्र १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत आइएमएस डेली लाईफ’मा १ हजार ४ सय ३५, ‘घुमफिर २०७३ कल्चर तथा टुरिजम’मा १ हजार ३ सय ३, ‘ नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर’मा १ हजार ३ सय ४१, ‘ अर्घाखाची सिमेन्ट न्यूज फोटो’मा ४ सय १५, ‘ मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस’मा ३ सय ७ , ‘ शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा ९ सय ९८ र ‘फोटो स्टोरी’मा ९७ वटामा ८ सय ७१ फोटो प्रतिस्पर्धामा छन् ।

‘मैले गतबर्ष भन्दा धेरै बढी फोटो आउने सोचेको थिए तर जति आए यो नै काफी छ ’ बरिष्ठ फोटोग्राफर मणी लामाले भन्नुभयो, ‘प्रत्येक बिधामा धेरैनै राम्रा तस्बिरहरु आएका छन्, अझै राम्रो चाहान्छु तर हामीले जे छानेका छौ यसबाट म पूर्ण सत्तुष्ट छु ।’

निर्णायक मण्डलका सदस्य वरिष्ठ क्युरेटर संगिता थापाले फोटोको गुणात्मकताबाट आफू उत्साहित भएको बताउनुभयो । ‘फोटोको समुन्द्रबाट हामीले उत्कृष्ट छान्ने छौं,’ उहाँले बताउनु भयो ।

फोटोग्राफरहरुको उत्साहजनक सहभागिता देखिँदा खुसी लागेको बाताउदै निर्णायक मण्डलका सदस्य दिपकराज जोशीले भने ‘अति नै विशेष र सुन्दर फोटोहरु छन्। हजारौ फोटोबाट केही फोटो मात्र छान्नुपर्दा गार्हो महसुस भयो । जे होस् पछि हुने प्रदर्शनीमा दर्शकहरु पक्कै रमाउने छन् ।’

यसैगरी बरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठले भन्नुभयो, ‘नेपालमा विगत २ बर्षमा भूकम्प , मधेस आन्दोलन नाकाबन्दी र सबिधान घोषणा जस्ता महत्वपूर्ण घटनाहरुको हेर्न पाईन्छ भन्ने आशा थियो । तर आशा पूर्णरुपमा पूरा नभएपनि तर जति फोटोहरु आएका छन् ति निकै राम्रा छन् र तिनै राम्राबाट हामीले उत्कृष्ठ छान्ने छौ ।’

‘नेपालमा फोटोग्राफीमा आएको रौनकता देख्दा खुशी ब्यक्त गदै बरिष्ठ फोटोपत्रकार प्रकास माथेमाले भन्नुभयो ‘प्रत्येक बर्ष सहभागीको संख्या बृद्धि हुनुलेनै स्पष्ट हुन्छ की नेपालमा फोटोग्राफी सस्कृतिको बिकास हुदै छ र यसको एउटा कारक यो प्रतियोगिता पनि हो ।’

प्रतियोगितालाई आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्य रहेको छ । नेपाल पर्यटन र्बोडले प्रबर्दन गरेको यस प्रतियोगितालाई आइएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स ,आरजे स्पोर्टस विधागत प्रायोजन गरेको छ। बिपी कोईराला नेपाल भारत फाउन्डेशन ,टान , एडभान्चर स्र्पोट्स, नेपाल एअरलाईन्स, भायनेट डिस होम , रैका टुर्स, एन्फा , सिटीभी मोबाइल र बुम इन्टरनेश्नलले सहयोग गरेका छन् ।

प्रतियोगिताको प्रिन्ट पार्टनरमा फोटो हलिउड, मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक, रिपब्लिका, शुक्रबार, अन्नपूर्ण पोष्ट, द हिमालयन टाइम्स, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका, अभियान दैनिक, कर्पोरेट, आर्थिक, कमाण्डर पोष्ट, पोखरा हटलाइन र दैनिक नेपालगन्ज छन् । यसैगरी टेलिभिजन पार्टनरमा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, इमेज च्यानल, एभिन्युज टेलिभिजन, हिमालयन टिभी, छन् । अनलाइन पार्टनरमा इकान्तिपुर, अनलाइनखवर, सेतोपाटी, बिजमाण्डु, पहिलो पोष्ट, नागरिक न्यूज, रिपब्लिका, बाह्रखरी, अन्नपूर्णपोष्ट, लोकान्तर, माइसन्सार र रातोपाटी रहेका छन् भने रेडियो पार्टनर रेडियो कान्तिपुर रहेका छन् ।