१९ कार्तिक २०८३, बिहिबार

युवकको उद्धार, चट्याङ लागेर दुई बालिका घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khando Kholaराजविराज, ९ साउन । सप्तरीको खाडो खोलाले बगाएको एक युवकलाई प्रहरीले आज उद्धार गरेको छ ।

जिल्लाको तैरोहता गाविस–३ का सर्वतुलनाथ सदाका १८ वर्षीय छोरा धुरन सदालाई खोलाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सदा घर जाने बेलामा बस्बिटीस्थित खाडो खोला तर्ने क्रममा खोलाले बगाएको थियो ।

युवकलाई खोलाबाट स्थानीयवासी र प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । यस्तै सप्तरीको फुलबडिया गाविस–२ मा वर्षासँगै परेको चट्याङ लागेर दुई जना बालिका घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीयवासी रामचन्द्र रायकी ११ वर्षीया छोरी कल्पना कुमारी राय र सात वर्षीया आशा कुमारी राय रहेको प्रहरीले जनाएको छ ।

दुवै बालिकालाई घरमै बसिरहेको अवस्थामा चट्याङ परी टिभीको ऐन्टिनाका तार सर्ट भई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते दुवै बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस