– नरेश केसी
भैरहवा, ७ साउन । मान्छेमा सबैभन्दा ठूलो हिम्मत चाहिने रहेछ । हिम्मत भयो भने मान्छेले प्राकृतिक विपत्तिलाई पनि जित्न सक्छ । यसको पछिल्लो उदाहरण बनेका छन्, रुपन्देहीको वसन्तपुर गाविस वडा नम्बर ४ वेतौलियाका ७० वर्षिय श्यामलाल केवटका दम्पति । केवट दम्पति सहित ७ जनाले विहीबार राती उर्लेको रोहिणी नदिको उभारलाई बुद्धिमता पुर्वक जितेका छन् । प्रकृतिलाई जितेका उनीहरु भने अहिले कृत्रिमताको यो दनियांमा के खाने के लाउने कहां बस्ने भन्ने पिरलोले चिन्तीत भएका छन् ।
विहीरातीदेखी परेको अविरल वर्षाको कारण रोहिणी नदिमा पानीको बहाव अत्याधिक बढेको थियो । जसको कारण शुक्रबार विहानै रोहिणीको दायाबायांका बस्तीहरु बग्न थाले । बाढीले गर्दा लाखौंको धनमाल नष्ट भएको छ भने कयौं घरहरु बगेर गएका छन् । तर नदिमा आएको बाढीबाट एक ७० वर्षिय दम्पति सहित ७ जनाले ७ घण्टा सम्म रुखमा चढेर ज्यान बचाएका छन् ।
वर्षौदेखी नदि किनारमा घरबार गरी बसीरहेका उनीहरुको बास नदिले उठीबास गराएको छ । तर नदिको उर्लदो बहावबीच हिम्मत गरेर रुखको हांगा समाएर उनीहरु बाचेका छन् । रुखको हांगा समाएर बसेका उनीहरुलाई ७ घण्टा पछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो ।
सधैं जसो खाइपीई गरेर सुतेका उनीहरु एक्कासी बाढी आएको त्यतिबेला थाहां पाए जत्तिबेला उनीहरुको विस्तारमा नदि पसिसकेको थियो । थाहां पाउदा वित्तिकै उनीहरु चिच्चाउदैं भागे । नजिकै रहेको गाऊमा पुग्न त सकेनन तर केही वर्ष अगाडी रोपीएको पिपल, बर, आप, नीम र पाकडीको बटवृक्षको साहरामा बसिरहे । बटवृक्षमा चढेर भगवानको नाम लिदैं बसिरहेको उनीहरु बताउंछन् । ७० वर्षिय श्यामलाल केवटले भने “ अरु त रुखमा चढे म भने फेदमा थिए । मेरो श्रीमती र दाजु रुख चढ्न पनि सकेनौं । तर हामीहरु एउटा सल रुखको फेदमा बाधेर बसेका थियौं । माथी अरु ४ जना थिए । मैले सोचिरहेको थिए । आज अन्तिम दिन हो भन्ने तर दिन नआएपछि केही नहुदों रहेछ । “
वृद्धा केवट राम्रोसंग आखा समेत देख्दैनन । जसको कारण उनी रुखमा समेत चढ्न सकेका थिएनन् । उनी नचढेपछि उनका भाइ ६० वर्षिय पुर्णावंशी केवट र श्रीमति ७० वर्षिय सुकिया केवट पनि फेदमै बसे । श्यामलाल भन्छन् “नदी बढेर हाम्रो छाती छाती आएको थियो । मेरो खुट्टामा सर्पहरु बेरिएका थिए । तर हामी संग केही उपाय थिएन । हामीले भगवानको नाम मात्रै लियौं । ”
रुखमा चढेका ६० वर्षिय निरकेबल केवटले भने “मैले अब समय सकिएछ भन्ने ठानेको थिए । भगवानको कृपाले अहिले सम्म जीउदै छु । हामी रुखमा चढेका थियौं । गाऊलेहरुले वारीबाट तमासा हेरीरहेका थिए । उनीहरु बचाउन भनेर आउदैं थिए तर हामीले फर्कायौं । हामीलाई लागेको थियो । आज हाम्रो अन्तिम दिन हो भन्ने तर बर पीपल, आप, नीम र पाकडीको एकै ठाऊ रोपीएको बटवृक्षले हामीलाई बचायो । ” निरकमलसंगै उनकी ६० वर्षिय दुलारी केवट पनि संगै थिइन् । संगै रुखमा बसेर ज्यान बचाएका ५७ वर्षिय मात्रीका नाउले बाच्ने आशा पुरै मरेको जनाउदैं त्यतिबेलाको क्षण बताउंदा बरर आसुका धारा खसाल्न पुगे । उनले भक्कानिदै भने ‘हेर्नुस सर बाचौंला भन्ने सोचेकै थिएनौं । जतिबेला गाउका मान्छेहरु विचबाटोबाट फर्किएर आए त्यसपछि हामी अब बाच्दैनौ भन्ने लाग्यो जब टयुब लिएर मान्छेहरु जान थाले बल्ल अब बाचिन्छ की भन्ने लागेको थियो । बाचियो ं पनि धेरै धेरै धन्यावाद हामीलाई बचाउनेलाई ।’
५५ वाषिय कौसीला नाउले बाढीले रुख हल्लाइरहेको, सर्पहरु तलबाट रुख माथी चढीहरको, कमिलाले टोकिरहेको त्यो बेला अरु सोच्नै नसकेको बताइन् । उनीहरुको घरबार सबै बगेको छ । विहान करिब ५ बजेतिर बोटवृक्षको सहारमा बसेका उनीहरुलाई दिउंसो साढे ११ बजेतिर उद्धार गरिएको थियो । बाढीपीडतहरु त्यसरी बचेता पनि अहिले अर्को बस्ने ठाऊ नहुदां पुनः त्यहि ठाऊमा बसेका छन् । रिर्पोटिंगको क्रममा यो सम्वाददाता शनिबार दिउंसो त्यहां पुग्दा उनीहरु बाढीले पुरेको समानहरु बालुवामा खोज्दै थिए । उनीहरुको घरमा रहेको सबै खाद्यान्न, लत्ताकपडा केही पनि नराखी बाढीले बगाएको छ । शुक्रबार सांझ गाउलेकोमा खाना खाएका उनीहरु अब शनिबार के खाने, के लाउने कहां बस्ने बन्ने चिन्तामा छन् ।
बाढीमा फसेकालाई उद्धार गर्न गाउका केशव पाण्डे, श्याममिलन , विनोद यादव, जितेन्द्र यादव, शिवप्रसाद यादव, दयाराम बानिया, विजय यादवले धेरै पटक पौडिएर प्रयास गरेता पनि सकेका थिएनन् । करिब २१ वर्षपछि सो नदि यसरी बढेको सोही वडाका पुर्व वडा अध्यक्ष दिननाथ पाठक बताउंछन् । पाठक भन्छन् “यिनीहरुको अवस्था अहिले अत्यन्तै नाजुक छ । यिनीहरुका छोराछोरी पनि कतिका छैनन । घरबार सबै रोहिणीले लग्यो ।”
समाजसेवी तथा दशरथ माविका अध्यक्ष गंगा विसुन यादवले भने“ हिजोदेखी सबै गाउले मिली उनीहरुको उद्धारमा लागीयो अव सहयोगी निकायसंग यिनीहरुको लागी तत्काल राहत उपलब्ध गराईदिन अपील गर्दछौं । तत्काल उनीहरुलाई गास बास र कपासको व्यवस्था गर्नुपर्छ ”
भैरहवा परासी हाइवे को छेऊमा पर्ने बसन्तपुर गाविसको वडा नम्बर ४ मा गएको उक्त बाढी पीडितको अवस्था बुझ्न रुपन्देही जिल्ला सदरमुकाम भैरहावमा रहेका दर्जनौं सामाजिक संघसंस्था मध्ये अहिले सम्म एउटा पनि पुग्न सकेको छैन । भैरहवादेखी करिब १० किलोमिटर पुर्वमा सो ठाऊ पर्नेगर्दछ ।
अबिरल वर्षाको कारण रोहिणी नदिको बहाव साबिक भन्दा करिब ७ फीट माथी सम्म आएको बुझिएको छ ।
पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी वर्षात रुपन्देहीमा भएको छ । जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका मौसमविद समिर श्रेष्ठका अनुसार रुपन्देहीमा विहीबार १ सय २३ मिलिलिटर वर्षा भएको छ ।
भारी वर्षाको कारण रोहिणी नदिको बहाव बढ्दा बसन्तपुरमा ४ घर डुबेका छन् । ती घरका ७ जना व्यक्ति रुखमा चढेर ज्यान बचाएका छन् । लगातार वर्षाका कारण जिल्लाको पट्खौली गाविस ५ स्थित् १६ घर डुबान परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सो घरका ६० जना लाई पनि जिल्ला दैवि प्रकोप उद्धार समितीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए । भैरहवा क्षेत्रमा प्रत्येक वर्ष जुलाई महिनामा औसतमा ५४५ दशमलव ६ मिलिलिटर वर्षा हुने गर्दछ । मौसम पुर्वअनुमान शाखाका अनुसार यो जुलाई महिनामा आज सम्म (पछिल्लो २४ घण्टा) भैरहवा क्षेत्रमा ३ सय ८९ दशमलव २० मिलिलिटर वर्षा भएको छ । त्यस्तै गत जुन महिनामा औसतको ८३ प्रतिशत भैरहवा क्षेत्रमा वर्षा भएको थियो । गत आइतबार देखि २४ घण्टाको अवधीमा भैरहवा क्षेत्रमा ४७ मिलिलिटर वर्षा भएको थियो ।
बाढीको चपेटामा परेकालाई उद्धार गर्दा आफुलाई गौरब भएको शसस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण बहादुर थापाले जनाए । उनले भने ‘रुख चढेर बाचेंकाहरुलाई उद्धार गरियो । उनीहरु खुसी भएको देख्दा धेरै नै खुसी भएको छु ।’
अहिले नदि पुरानै धारमा फर्किएको छ ।















प्रतिक्रिया