काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धिताल सम्मानित हुनुभएको छ ।
३४ औं विपी स्मृतिका अवसरमा शनिबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको लमजुङ–काठमाडौं सम्पर्क समितिले धिताललाई सम्मान गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले धिताललाई खाँदा ओढाउनुहुँदै सम्मान पत्र प्रदान गर्नुभयो ।
झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय धिताललाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
गृह जिल्ला लमजुङ भएका युवा नेता धितालले १० वर्ष नेविसंघमा, १० तरुण दल र १० वर्ष पार्टीमा विताउनुभएको छ । उहाँले राजनीतिका साथसाथै आर्थिक क्षेत्रमा पनी योगदान पुगाउनुभएको छ ।
उहाँ हाल एपेक्स डेभलपमेन्ट अध्यक्ष हुनुहुन्छ । सम्मान समारोहमा उहाँलाई बैंकको अध्यक्ष बन्नुभएकोमा आयोजकले बधाई पनी दिएको थियो ।
समारोहका प्रमुख अतिथि एवं कांग्रेस नेता महतले सम्मानित हुनुभएका नेता धितालको खुलेरै प्रशंसा गर्नुभएको थियो ।













प्रतिक्रिया