१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस सांसद खतिवडाको प्रश्नः लिपुलेकको कुरा गर्न नसक्ने ओली कसरी भए राष्ट्रवादी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramhari-khatiwoda

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रचण्डलाई समातेर अविश्वासको प्रस्ताव दर्ता गर्न नभनिएको स्पष्ट पार्नुभएको छ ।

शनिबार अविश्वास प्रस्तावको छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘नौँ महिनासम्म केपी ओलीसँगको सहकार्यमा आजित भएर प्रचण्डले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेसले समर्थन गरेको हो ।’

ओलीले ०६२–६३ सालको आन्दोलनका बेलामा आन्दोलनविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउनुभएका सांसद खतिवडाले संघीयतालाई ‘बाख्रालाई भैँसीको सिंह बोकाए’ जस्तो भनेर अभिव्यक्ति दिनु संविधानको मर्मत विपरित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चीन र भारतको भ्रमणमा जाँदा राष्ट्रियताको पक्षमा बोल्न नसक्ने । लिपुलेकका विषयमा बोल्न नसक्ने । केपी ओली कसरी राष्ट्रवादी हुनु भो ? ओली राष्ट्रवादी हुनुहुन्थ्यो भने लिपुलेकको पनि कुरा गर्नु हुन्थ्यो ।’