२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीलाई राप्रपाले पनि छाड्यो, मन्त्री फिर्ता बोलाउने निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra Bahadur Chand-Pashupati Shumsher Rana

– विमल योगी

काठमाडौं, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

राप्रपाको संसदीय समितिको चाबहिलस्थित पार्टी मुख्यालयमा समितिका संयोजक पशुपति शम्शेर राणाको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । राप्रपाका सहायक प्रवक्ता किरण गिरीका अनुसार आफ्ना दुई मन्त्री दीपक बोहरा र जयन्त चन्दलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

‘केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिने निर्णय गरेको छ’, सहायक प्रवक्ता गिरीले भन्नुभयो, ‘दुई जना मन्त्रीलाई फिर्ता हुन संसदीय दललाई निर्देशन दिइएको छ ।’

समितिको बैठक बस्नुअघि राप्रपाका वरिष्ठ नेता समेत रहनुभएका राणाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गर्नुभएको थियो । सो बैठकपछि राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।