२६ कार्तिक २०८३, बिहिबार

एमाले उपाध्यक्ष गौतम भन्छन्- प्रचण्डसँग मेरो घनिष्ठ मित्रता छ, दुःख लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam (2)

काठमाडौं, ८ साउन । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको प्रस्ताव पारित हुने सुनिश्चित जस्तै रहेको बताउनुभएको छ ।

संसदको शनिबारको बैठकमा अविश्वास प्रस्तावको छलफलमा सहभागी हुँदै उपाध्यक्ष गौतमले अविश्वासको प्रस्ताव पारित भएरै छाड्ने बताउनुभयो । ‘अविश्वासको प्रस्ताव पारित हुने सुनिश्चितता जस्तै छ’, उहाँले भन्नुभयो, ‘नयाँ सरकार बन्ने पनि सुनिश्चितता जस्तै छ ।’

आफ्नो पार्टी एमालेभित्रको आन्तरिक बिबादका विषयमा संकेत गर्नुभएका गौतमले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा होस वा केपी ओलीलाइ जोगाउँदा होस् सधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सम्पर्कमा रहेको बताउनुभयो ।

अविश्वासको प्रस्ताव नआओस् भन्ने पक्षमा सधै रहेको भन्दै उहाँले नचाहँदा नचाहँदै पनि प्रस्ताव दर्ता भएको बताउनुभयो । उहाँले अविश्वासको प्रस्तावपछि आफूलाई धेरै दुःख लागेको बताउनुभयो । माओवादीलाई सुरक्षित अवतरणका धेरै काम गरेको बताउनुभएका गौतमले प्रचण्डलाई युद्धकालदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै उहाँले भन्नुभयो- ‘प्रस्ताव मेरो पार्टीको अध्यक्ष प्रधानमन्त्रीविरुद्ध छ । अविश्वास प्रस्तावमा मेरो घनिष्ठ मित्रको नाम छ । जहिलेदेखि परिचय गरे, त्यहिले देखि मित्रता राखे । हाम्रो मित्रता अहिले पनी घनिष्ठ छ । तर, आज म दुःखी छु’

केपी ओलीलाई प्रधानमन्त्री बनाउने बेला प्रचण्डसँग कुराहरू गर्ने गरेको बताउनुभएका गौतमले भन्नुभयो, ‘प्रचण्डले मैले भनेको पनि मान्नुभएको छ । उहाँले भनेको पनि मैले मानेको छु । केपी ओलीलाई प्रधानमन्त्री बनाउन होस् वा जोगाउन भूमिका खेलेको छु । अविश्वासको प्रस्ताव कांग्रेसले दर्ता गरेको भए ठीकै हो । तर माओवादी केन्द्रले दर्ता गराएको प्रस्ताव मिलेको छैन ।’