काठमाडौं, ८ साउन । सरकारका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय समितिको बैठक बस्दैछ ।
राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाको अध्यक्षतामा बस्ने संसदीय समितिको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा छलफल हुने सहायक प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा अविश्वासको प्रस्तावमा छलफल चलिरहेको छ । पार्टीको आधिकारिक धारणा बनाउन संसदीय समितिको बैठक बस्न लागेको हो ।’
बैठकमा आफ्ना मन्त्रीहरूको कामकारबाहीका विषयमा पनि समीक्षा हुनेछ । राप्रपा नेपालसँग पार्टी एकीकरणको अन्तिम तयारीमा रहेको राप्रपामा नयाँ अध्यक्षका विषयमा पनि बिबाद छ ।













प्रतिक्रिया