२६ कार्तिक २०८३, बिहिबार

सांसद श्रेष्ठले भने- सरकारलाई हाम्रो समर्थन छ, देशलाई ओलीकै खाँचो छ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-kumar-shresta

काठमाडौं, ८ साउन । राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठले वर्तमान सरकारलाई आफूहरूको समर्थन रहेको बताउनुभएको छ ।

शनिबार व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकमा स्थायी सरकारको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले संविधानअनुसार चुनाव गर्नुपर्ने अवस्था रहेकाले केपी ओली नेतृत्वको सरकार मुलुकलाई आवश्यक रहेको उल्लेख गर्नुभयो ।