१९ कार्तिक २०८३, बिहिबार

 पहिरोले कोशी राजमार्ग अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koshi highway, kharane khola 1

– योगेन्द्रकुमार जोगी

संखुवासभा,८ साउन । भोजपुरको दुई स्थानामा पहिरोका कारण विहानै देखि कोशी राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षासंगै लेगुवा-भोजपुर सडक खण्ड अन्तरगत तिवारीभञ्ज्याङ ५ र भोजपुर नगरपालिका २ भैसीपङखामा विहान पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले अन्दाजी १५ देखि २० मिटर जति सडक ढुङा माढोले पुरिनुकासाथै रुखसमेत ढलेर यातायात अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटाई सकीएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।