– कृष्ण ओझा
पाँचथर, ८ साउन । फिदिम नगर सरसफाई अभियान एक्काईसौ हप्तामा प्रवेश गरेको छ । यो अभियान ७२ साल फागू १५ गते देखि निरन्तर प्रहरीको अगूवाईमा संचालन भइरहेको हो ।
अभियानमा फिदिम नगर पालिकाले सहयोग गरेको छ । पाँचथर प्रहरी प्रमूख डिएसपी कृष्ण प्रसाद कोइराला पाँचथर आए लगतै प्रत्येक सनिबार बिहान ७ बजे देखि ९ बजे सम्म सरसफाई अभियान संचालन गर्दै आएका हुन ।
स्थानीय यूवा ब्यवसायीहरुले पनी साथ दिएका छन । यूवा ब्यवसायी दिपक नेपाल र प्रहरी प्रमूख कृष्ण प्रसाद कोइराला, तिलक ढकाल अनूराग केप्छाकी, प्रहरी जवान, सरकारी कर्मचारी लगायत मिलेर ढल र नालीको फोहोर फाल्न झम्पल र बेल्चा बजारीरहेको देख्न पाइन्छ । अन्य स्थानीय टोल बासी, ब्यक्तीहरुको पनी त्यतीकै सहभागी हुने गरेका छन ।
सरसफाइ अभियानमा फिदिम नगर भित्रका सबै एरियामा पालै पालो स्थान छनौट गरी त्याहाका स्थानीयहरु लाई सहभागी गराई अभियान सूरु गरीएको हो ।
टोलबासीले भनेका छन “अब सिसिक्यामेरा जडान गरेकाले फोहोर फालेको थाहा पाइने र जरीमानामा पर्ने डरले पनी जथाभावि फोहोर फाल्न नपाइने भो ।” बजारका टोल टोलमा सिसिक्यामेरा जडान गरीएको छ ।













प्रतिक्रिया