२६ कार्तिक २०८३, बिहिबार

हिन्दूवादी युवा नेता ठाकुर भन्छन्, ‘ओली राजनेता, प्रचण्ड बिकल्प होइनन्’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अशोक मेहतासँग ठाकुर
अशोक मेहतासँग ठाकुर

काठमाडौं, ८ साउन । हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले प्रधानमन्त्री केपी ओलीलाई ‘राजनेता’को संज्ञा दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष उनको विकल्प हुनै नसक्ने बताउँछन् ।

अध्यक्ष ठाकुरले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओली राजनेता हुन । वर्षौवर्ष संघर्ष गरेर यहाँसम्म पुग्नु भयो र प्रधानमन्त्री पनि बन्नु भयो ।

म उहाँको राजनीतिक सक्रियता र लगानीको सम्मान गर्छु ।’ भारतीय उच्च राजनीतिक नेतृत्वसँग निरन्तर सम्पर्कमा रहँदै आएका ठाकुरले भारतका हिन्दूवादी नेताहरूलाई काठमाडौंमा ल्याएर छिट्टै सम्मेलन गर्दैछन् । त्यसैको तयारीमा उनी जुटेका छन् ।

‘केपी ओली राष्ट्रवादी प्रधानमन्त्रीको रुपमा चिनाउनु पनि भयो’, ठाकुरले भनेका छन्, ‘यो उहाँको व्यक्तिगत सफलता हो ।’ संघका अध्यक्ष ठाकुरले अगाडि भन्छन्, ‘अब चाहिँ ओली अति गर्दैछन् । उहाँ जस्तो व्यक्तिले अल्पमतमा परेको सरकारलाई बचाउन गरिराख्नु भएको खेल बचपना र अपरिपक्वताको प्रमाण हो ।’

राष्ट्रियताका पक्षमा उच्च छवि बनाएको व्यक्तिले आफू विरुद्धको अविश्वासको प्रस्तावको सामना गर्नुभन्दा संसदलाई सम्बोधन गरेर राजीनामा दिनुपर्ने ठाकुरको सुझाव छ । ‘प्रधानमन्त्री केपी ओलीज्यू कृपया छिटोभन्दा छिटो राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् होइन भने तपाईको बेइज्जतीलाई हामी सुनका अक्षरमा लेख्ने छौँ । इतिहाँसमा कलंकित प्रधानमन्त्री मानिनु हुनेछ । यस्तो बदनामी नगर्नुस् ।’

भारतीय जनता पार्टी निकट मानिने अध्यक्ष ठाकुरले बेलाबेला नयाँदिल्ली पुगेर उच्च राजनीतिक भेट गर्ने गरेका छन् ।

यसै हप्ता काठमाडौंमा आएका नेपाल ममिलामा नजिकबाट नियाल्ने अशोक मेहता र नेपालका पूर्वराजदूत केभी राजनसँग भेट पनि गरेका थिए । भेटमा उनले नेपाललाई हिन्दू राज्य स्थापना गर्नमा सहयोग गर्न आग्रह गरेका थिए ।

अध्यक्ष ठाकुरले ओलीको विकल्प प्रचण्ड हुन नसक्ने अभिव्यक्ति पनि दिने गरेका छन् । ‘केपी ओलीको विकल्प प्रचण्ड कदापि हुन सक्दैनन’, उनी भन्छन्, ‘सहमति गरेर जानुपर्छ ।’