
– नरेश केसी
भैरहवा, ७ साउन । रुपन्देहीमा रोहणी नदिको अत्याधिक वहाव बढ्दा यहांका जनता घर न घाटका भएका छन् ।
बिहिवार राति देखि परेको अबिरल वर्षाको कारण रोहिणी नदिको बहाव साबिक भन्दा करिब ७ फीट माथी सम्म आउदा त्यस क्षेत्रका जनता प्रताडित भएका छन् ।
पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी वर्षात रुपन्देहीमा भएको छ । जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका मौसमविद समिर श्रेष्ठका अनुसार रुपन्देहीमा विहीबार १ सय २३ मिलिलिटर वर्षा भएको छ ।
भारी वर्षाको कारण रोहिणी नदिको बहाव बढ्दा बसन्तपुरमा ४ घर डुबेका छन् । ती घरका ७ जना व्यक्ति रुखमा चढेर ज्यान बचाएका छन् । राती ३ बजे रुखमा चढेका मान्छेलाई शसस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोलीले करिब ७ घण्टा पछि उद्धार गरेको थियो ।
लगातार वर्षाका कारण जिल्लाको पट्खौली गाविस ५ स्थित् १६ घर डुबान परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सो घरका ६० जना लाई पनि जिल्ला दैवि प्रकोप उद्धार समितीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए । भैरहवा क्षेत्रमा प्रत्येक वर्ष जुलाई महिनामा औसतमा ५४५ दशमलव ६ मिलिलिटर वर्षा हुने गर्दछ । मौसम पुर्वअनुमान शाखाका अनुसार यो जुलाई महिनामा आज सम्म (पछिल्लो २४ घण्टा) भैरहवा क्षेत्रमा ३ सय ८९ दशमलव २० मिलिलिटर वर्षा भएको छ । त्यस्तै गत जुन महिनामा औसतको ८३ प्रतिशत भैरहवा क्षेत्रमा वर्षा भएको थियो । गत आइतबार देखि २४ घण्टाको अवधीमा भैरहवा क्षेत्रमा ४७ मिलिलिटर वर्षा भएको थियो ।
बाढीको चपेटामा परेकालाई उद्धार गर्दा आफुलाई गौरब भएको शसस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण बहादुर थापाले जनाए । उनले भने ‘रुख चढेर बाचेंकाहरुलाई उद्धार गरियो । उनीहरु खुसी भएको देख्दा धेरै नै खुसी भएको छु ।

















प्रतिक्रिया