तनहुँ, ७ साउन । शारीरिक अपाङग भएकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा लम्जुङ धमिलीकुवा–४ घर भई हाल चितवन कबिलास डेरा बस्ने २८ वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले विहिबार देवघाट–४ पिपलटार बस्ने ती महिलालाई घरमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको बताइएको छ । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरी टोलीले चितवनको जुगेडीबाट पक्राउ गरेको थियो ।
यसैगरी सर्लाहीमा बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने बरहथवा नगरपालिका–१० बस्ने २४ वर्षीय रामेश्वर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
महतोले विहिबार सोही ठाउँ बस्ने ७ वर्षीया बालिकालाई ललाई फकाई उखु बारीमा लगी जबरजस्ती करणीको प्रयास गरेपछि बालिकाले चिच्चाई कराउदा स्थानीय बासिन्दाले थाहा पाई प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया