दाङ, ७ साउन । हत्या गरेको अभियोगमा सतबरीया-८ बस्ने २७ वर्षीय श्रवणकुमार चौधरी र ३२ वर्षीय सिताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सतबरीया-८ घुयलीस्थित रिहार बजारमा बस्ने २८ वर्षीया बालिका चौधरीले आफ्नै घरमा संचालन गरेको होटलभित्र असार २७ गते शरीरमा चोट र निलडाम रहेको तथा होटल समेत तोडफोड भएको अवस्थामा बालिका चौधरीको शव फेला परेको थियो ।
वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार उनीहरुकै घरबाट नियन्त्रणमा लिएको हो । घटनाका दिन उनीहरुले मृतकसँगै बसी मादक पदार्थ सेवन गरी विवाद हुँदा हत्या गरेको स्वीकार गरेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया